धनगढीको लक्ष्मीनारायण मन्दिरमा धनुर्मास व्रत उत्सव, पुस महिनै भरी मनाइने
2024/01/02, 9:35
धनगढीको लक्ष्मीनारायण मन्दिरमा पुस १ गते देखि सुरु भएको एक महिने धनुर्मास व्रत उत्सव जारी रहेको छ । व्रत अन्तरगत हरेक दिन बिहान ६ बजे देखि आरती हुँदै आएको छ । व्रत उत्सवको अवसरमा मन्दिरका १००८ स्वामी देवराज आचार्यले सनातन धर्मका विषयमा नित्य प्रवचन दिँदै आएका छन् ।
लक्ष्मी व्रतका रुपमा मनाईने यो उत्सव पुस मसान्त सम्म चल्नेछ । पृथ्वी माता गोदा नामले तुलसी वनबाट अवतार लिएर वृन्दावनका गोप बालिकाहरुको साथ सम्मिलित भएको सम्झनामा यो उत्सव मनाईने गरेको मन्दिरका स्वामी आचार्यले बताए । उत्सवमा सहभागी सबैलाई हरेक दिन प्रसादको रुपमा खिर र खिचडी खुवाउने गरिन्छ ।
2024/05/18, 7:05
2024/05/18, 7:03
2024/05/18, 7:00
2024/05/18, 6:58
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2022/05/28, 11:27
2020/07/19, 2:27
2023/08/18, 2:33