सुदूरपश्चिम महोत्सवः तेस्रो दिन आज एलीना चौहान, मञ्जु पौडेलको प्रस्तुती
 
uhiuhggyft

सुदूरपश्चिम महोत्सवको आज तेस्रो दिन आज एलीना चौहान, मञ्जु पौडेल, उर्गेन दोङको प्रस्तुती रहने भएको छ। धनगढी उपमहानगरपालीका वडा नम्बर १ स्थीत पशुपती टोलमा सञ्चालन भैरहेको महोत्सवमा आज कलाकार चौहान र पौडेलसंगै स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ।

सांस्कृतिक संयोजक मिलन कुँवरका अनुसार स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ । यस्तै आज पनी विद्यालय र क्लव स्तरीय नृत्य प्रतियोगिता गराइने उनको भनाई छ। शुक्रबारदेखि शुरु भएको महोत्सव पुस २ गतेसम्म चल्ने छ।

यस बर्षको महोत्सवमा थारु गाउँ, फोटो प्रर्दशनी, स्थानीय परिकार, कला संस्कृति मुख्य आकर्षण रहेका छन् । महोत्सवको टिकट मोवाइल वालेट खल्तीबाट किन्न सकिने आयोजकले जनाएको छ । महोत्सव भित्र रहेको खल्तीको स्टलबाट खल्तीको प्रोमो कोड लगेर टिकट काट्दा हरेक टिकटमा २५ रुपियाँ क्यास ब्याक पाइने बताइएको छ । साधारणलाई रु १०० र विद्यार्थीलाई रु ५० टिकट निर्धारण गरिएको छ ।