
हासेर प्रिय , गरिदेउ बिदा, आउनेछु फर्केर

बाध्यता बोल्यो, गरिबी पोल्यो, नहिड तर्केर

आएको किन, छुट्टिने दिन, केगरि भनौ म
नखाई छाक, सुतेका रात, कसरी गनौ म
बाआमाका मुख, कहिले सुख, सकिन दिनलाई
नलागोस दिन, आउनेछु तिर्न, साहुको रिनलाई
सन्तानको रुवाइ, नुनभात खुवाई , कसरी हेरौला
दैवका हात, छुटेको भाग्य, आफैले कोरौला
जन्मेको समाज, स्वर्गको समान, छोडेर जानलाई
गर्मीको कहर, थिएन रहर, खाडीमा धाउनलाई
ईश्वरले चाहे, सम्पत्ति पाए, बाकसै भरी ल्याउला
पुर्पुरो खोटो, जिन्दगी छोटो, बाकसमा मै आउला