
बझाङको केदारस्युँ गाउँपालिका ८ को एक बस्ती नै पहिरोले बगाएको छ । वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले केदारस्युँ गाउँपालिका वडा नम्बर ८ को मल्लेसका १७ घर बगाएको स्थानीय लोकेन्द्र विकले बताए ।


उनका अनुसार पहिरोमा परी ७ जना बेपत्ता भएका छन् । बाटो खोला किनारमा भएको र अत्याधिक वर्षाका कारण ठाउँ–ठाउँमा बाटो भत्किएका कारण प्रहरी घटनास्थल पग्न सकेको छैन । घटनास्थलमा प्रहरी टोली पठाईएको बझाङ प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक गणेश बमले जानकारी दिए ।
फोटोः अमर जेठाराको फेशवुबाट