काठमाडौँ - पार्टीमा असन्तुष्ट रहेका एमाले नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। अध्यक्ष ओली र रावलबीच एमाले पार्टी कार्यालय च्यासलमा भेटवार्ता भएको हो।
पार्टीको १० औं राष्ट्रिय महाधिवेशनयता अध्यक्ष ओलीसँग सम्बन्ध राम्रो नभएका रावल त्यसयता पार्टी काममा समेत सक्रिय छैनन् । उक्त महाधिवेशनमा रावलले ओलीको चाहानाविपरित उनीसँग अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए ।
केही महिनाअघि रावललाई पार्टी काममा फर्काउन भन्दै अध्यक्ष ओलीले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेका थिए ।पौडेल नेतृत्वको टोली र रावलबीच वैशाख पहिलो साता एक चरणको कुराकानी भएपनि त्यसपछि पुनः कुनै छलफल भएको थिएन ।
2024/05/18, 7:05
2024/05/18, 7:03
2024/05/18, 7:00
2024/05/18, 6:58
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/05/13, 11:21
2020/09/10, 10:03
2021/08/27, 10:06
2022/06/20, 12:56
2023/10/03, 7:34