
धनगढी - सुदूरपश्चिम प्रदेशले शिक्षामा लगानी बढाउनुपर्ने माग गरिएको छ। शिक्षाका लागि राष्ट्रिय अभियान सुदूरपश्चिम प्रदेशले शिक्षामा लगानी बढाउनुपर्ने मागसहितको ज्ञापनपत्र मुख्यशाहशाह कमलबहादुर शाहलाई बुझाएको छ। ज्ञापनपत्र बुझ्दै शिक्षा क्षेत्रको सुधारका लागि विशेष प्राथमिकताका साथ लगानी गर्ने मन्त्री शाहले बताए।

उनले शिक्षा क्षेत्र महत्वपूर्ण भएकाले सो क्षेत्रमा सुधार गर्न आवश्यक अध्ययन गरिरहेको जनाएका छन्। ज्ञापनपत्रमा अन्तर्राष्ट्रिय प्रतिबद्धता र संवैधानिक दायित्व पूरा गर्नुपर्ने, समतामूलक समाज निर्माण गर्नुपर्ने, भौतिक पूर्वाधार सुधार्नुपर्ने र प्राविधिक शिक्षामा जोड दिइएको छ। उक्त अभियानका संयोजक हेमराज जोशीले सरकारलाई शिक्षामा लगानी बढाउनुका साथै निःशुल्क शिक्षा प्राप्त गर्ने अवसरबाट कोही कसैलाई वञ्चित गर्न नहुनेमा जोड दिए।
