'द पोइट आइडल'को फाइनलमा रङ्गकर्मी न्याथन
भोट गरेर जिताउन आग्रह
 
ss

मर्मस्पर्शी शब्दहरु, शब्दलाई जीवन्त प्रस्तुत गर्ने उनको गला अनि कला, यस्तो लाग्छ, उनी शब्दसंगै बगिरहेका छन्, कवितामा आधारित रियालिटी शो ‘द पोइट आइडल’मा कवि नाथन रायन शब्दसंगै रोइरहेका छन् । उनी जव स्टेजमा कविता बाचन गर्न थाल्छन, तव सन्नाटा छाउछ, उनी बाहेक सबै चुप हुन्छन, सबै एकाग्र भएर उनलाई सुन्छन । 

उनी कविता मार्फत देश बोल्छन । एउटा छोराको पीडा ओकेल्छन । बालबच्चा, जहान र बुढी आमालाई घरमै छोडेर परदेश जादै गर्दाको नमिठो मनोदशा ओकेल्छन्, यस्तो लाग्छ, उनी आम नेपालीको पीडा, हरेक युवाको व्यथा कविता मार्फत देखाईरहेका छन्, शासकहरुलाई । ए शासकहरु सुन, अनि बुझ । आम नेपालीले बाँच्ने जीवन कस्तो छ ? उनी कविता मार्फत शासकलाई झक्झक्याईरहेका छन् ।

उनी सुदूर पश्चिम बोलीरहेका छन् । उनले आफूलाई सगर्व सुदूर पश्चिमेलीले, अझ त्यो भन्दा बढि नेपालीका रुपमा आफूलाई चिनाउछन् ।

लज्जावती फूललाई विनाअनुमति सबैले छोए

उनी विनास्पर्श स्वतन्त्र बाँच्न चाहन्छिन्

भन्दिनु तिम्रो खोक्रो समाजवादलाई 

गौँथली मरिसकिन्

लज्जावती फूलहरू अब लजाउने छैनन् –

कविता मार्फत रायन शासकलाई झापड लगाउछन्, र सुनाउछन् ।

May be an image of 1 person

मञ्चमा उनले यी पङ्क्ति वाचन गरिरहँदा केही प्रश्नहरू जन्मिएका छन् । नारीलाई इतिहास वा कथाका पानामा उच्च देखाइनु के नारी स्वतन्त्रता हो ? के स्वतन्त्रता भनेको अरूले दिएको आकाशमा निर्बाध उड्नु हो ? अरूले नदिएको आकाश खोसेर त्यो आकाशमा उड्नु पनि त स्वतन्त्रता होइन । के स्वतन्त्रता भनेको आफ्नो खुट्टामा बाँधिएको सिक्री अरूसँग साँचो मागेर बन्धनमुक्त हुनु हो ? 

तर नाथन भन्छन्, ’स्वतन्त्रता भनेको त त्यो अमूल्य निधि हो, जो आफूभित्र हुन्छ र माग्नु पर्दैन कसैसँग । हो, यही कुरा हमेशा हामीहरूले बुझ्नु पर्छ ।’

नाथन रायन कञ्चनपुर बासी हुन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा जन्मिएका उनको स्नातकसम्मको पढाइ त्यहीँ बित्यो । महेन्द्रनगरस्थित अमिटी कलेजबाट उनले बीबीए उत्तीर्ण गरेका छन् । 

May be an image of 2 people

महेन्द्रनगरबाट उनी काठमाडौँ गए ।  कान्तिपुर सिटी कलेजबाट आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका नाथन मण्डला थिएटरका विद्यार्थी पनि हुन् । मण्डलामा सोमनाथ खनालद्वारा निर्देशित नाटक ‘तीन ट्रान्जिट’ मा उनले अभिनय गरिसकेका छन् । पछिल्लो समय चर्चामा रहेको फिल्म ‘छक्का पञ्जा ४’ मा समेत भूमिका पाएपछि उनीसँग ठूलो पर्दाको समेत अनुभव छ ।  

सन् २०१९–२० का लागि अमेरिकी दूतावास यूथ काउन्सिल मेम्बर नाथन आफूले कलेज पढ्दादेखि मात्र कविता लेखेको बताउँछन् ।  

यही वैशाख ८ गते नेपालकै पहिलो कवितामा आधारित रियालिटी शो ‘द पोइट आइडल’ को फाइनल प्रतिस्पर्धा हुँदै छ । उक्त प्रतिस्पर्धामा सुदूरपश्चिमबाट सहभागी न्याथन रायन फाइनलमा पुगेका छन् ।

May be an image of 8 people and indoor

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा जन्मिएका न्याथन अहिले गृह जिल्लामा छन् ।

May be an image of 8 people

प्रतिस्पर्धाको फाइनलमा पुगेपछि उनी भोट अपिलका लागि गृह जिल्ला आइपुगेका हुन् । उनको दैनिकी अचेल भ्याई नभ्याई छ ।

May be an image of 6 people, beard and people smiling

प्रतियोगिताको फाइनल प्रतिस्पर्धा ४ जनाबीचमा हुँदै छ । त्यसमध्ये दुई जना नेपाली छन् भने अन्य एक जना दार्जिलिङ र अर्का सिक्किमबाट छन् । फाइनल प्रतिस्पर्धामा चारै जनाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । अब्बल कविका बीचमा आफ्नो छुट्टै पहिचान बनाउन सफल न्याथनको भने जित्ने सम्भावना प्रबल हुँदै गएको छ । उनले उक्त मञ्चको हरेक एपिसोडमा फरक फरक प्रयोग गरेका छन् जसलाई सामाजिक सञ्जालमा निकै धेरैले रुचाएका छन् । 

May be an image of 4 people

यस्तै उनी एक पटक बटम जोनमा मात्र परेका थिए । त्यसपछि भने उनको भोट निरन्तर उकालो लागेको छ । साथै सामाजिक सञ्जालमा आइरहेका प्रतिक्रियाका कारण पनि उनको जीत सहज हुँदै गएको देखिन्छ । 

No photo description available.

पछिल्लो समय भोट अपिलिङका लागि दौडधुप गरिरहेका न्याथन आफूले आइडलको टाइटल जित्नेमा विश्वस्त रहेको बताउँछन् । साथै उनले आफ्ना समर्थक तथा सहृदयीहरूमा भोटिङका लागि आग्रह गरेका छन् ।

May be an image of 1 person

May be an image of 11 people and people smiling

May be an image of 5 people