सुदूरपश्चिममा आज ‘बिसु’ पर्व मनाइँदै
 
srrrrrrrrrrrrr

सुदूरपश्चिम प्रदेशमा आज ‘बिसु’ पर्व धुमधामका साथ मनाइँदैछ। सुदूरपश्चिमको साँस्कृतिक पहिचानका रुपमा रहेको बिसु पर्व पहाडी जिल्लामा उल्लासका साथ मनाईदै छ। नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई सुदूरपश्चिमबासीले बिसु पर्वका रुपमा मनाउने चलन रहि आएको छ।

बिसु पर्व मनाउनका लागि घर बाहिर रहेकाहरु फर्कीएपछि पहाडी जिल्लामा उल्लास छाएको हो। बिसु पर्वमा मिठा–मिठा खानाका परिकार खाने र सिस्नो लगाउने प्रचलन रहि आएको छ। बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी काम गर्ने क्रममा शरीरमा रहेका सवै प्रकारका बिष निस्कृय हुने जनबिश्वास रहेको छ। बैशाख शुरु भएसंगै रोगव्याधी, महामारी र अनिकालको समय शुरु हुने भएकाले त्यसको सुरक्षाका लागि सिस्नो लगाउने चलन रहेको छ।