
कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

जिल्लको भीमदत्त नगरपालिका–४ हल्दुखालका १८ वर्षीय अमित खत्री र भीमदत्त नगरपालिका–१८ का करन चौधरी लागुऔषधसहित पक्राउ परेका हुन्।
बुधबार कञ्चनपुर प्रहरीले ५४ थान एम्पुलसहित दुबै जनालाई पक्राउ गरिएको जनाएको छ। यस विषयमा थप अनुसन्धान अगाडी बढाएको प्रहरीले बताएको छ।
