मुख्यमन्त्री छोडेर मन्त्रीका लागि अनुनय गर्दै नागरिक उन्मुक्ति पार्टी
 
ss

सुदूर पश्चिममा एमालेका संसदीय दलका नेता राजेन्द्र सिंह रावल मुख्यमन्त्री नियुक्त हुदा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी नाउपाले रावललाई विश्वासको मत दिने/नदिने अनिश्चित थियो । काँगेसले त्यही समय नागरिक उन्मुक्तिलाई मुख्यमन्त्रीको अफर गर्दै प्रदेश सरकारको नेतृत्व गर्न आग्रह ग¥यो । सात जना सांसद रहेको नाउपालाई १९ सांसद सहितको प्रदेश सभाको ठूलो दल काँग्रेस र एक जना स्वतन्त्र सांसदले समर्थन गर्ने निश्चित थियो । त्यसमाथि चार जना सांसद रहेको समाजवादी पार्टी पनि काँग्रेसकै साथमा थियो ।

काँग्रेसको प्रस्ताव स्वीकार गरेको भए प्रदेश सभाको चौथौ ठूलो दल नाउपाले सहजै मुख्यमन्त्री पाउने थियो । रेशम चौधरीको रिहाईको रिहाईलाई पहिलो शर्त बनाउदै आएको नाउपा एकातिर सत्तामा जान आतुर थियो । अर्कोतिर के गर्ने, के नगर्ने अलमलमा थियो । त्यही अलमलमा उसले रावलको नेतृत्वलको सरकारलाई विश्वासको मत दिएन । जस कारण एक महिनामै रावल नेतृत्वको सरकार ढल्यो । र, त्यस लगत्तै काँग्रेसका संसदीय दलका नेता ठूलो दलको नेताको हैसियतले संबिधानतः मुख्यमन्त्री बने ।
त्यसपछि पनि नाउपाको एउटै शर्त थियो–पहिले रेशमको रिहाई । त्यसपछि मात्र विश्वासको मत ।

तर शाहले विश्वासको मत लिने क्रममा भने नाउपा पक्षमा उभिए । र, शाहलाई विश्वासको मत दियो । हुन त, त्यतिबेला नाउपाको साथ नपाएपनि शाहले विश्वासको मत पाउने निश्चित थियो । किनकी केन्द्रमा एमाले–माओवादी गठबन्धन टुटिसकेको थियो । माओवादी पनि शाहका पक्षमा उभिईसकेको थियो ।  नाउपाको रटान थियो– पहिलो र एक मात्र शर्त रेशमका रिहाई । तर अन्तिममा रेशमको रिहाईको मुद्दा थाँती राखेर नाउपाले काँग्रेसका मुख्यमन्त्रीलाई विश्वासको मत दियो । एमालेले नाउपामाथि विश्वासको मत दिन पैसा खाएको आरोप समेत लगायो । यद्दपि नाउपाका सुप्रिपो रेशम चौधरीले त्यो आरोपलाई अस्वीकार गर्दै आएका छन् ।

किस्तीमा पाएको मुख्यमन्त्री पद छोडेर उधारो मन्त्रीमा सहमती जनाएको नाउपा यतिबेला भने सकसमा छ । न त उसले भने जति मन्त्रालय र समितिको नेतृत्व गर्न पाउने देखिएको छ । न त भनेको मन्त्रालय नै पाउने भएको छ । माओवादी र नाउपाले रोजेको मन्त्रालय एउटै छन् ।  माओवादीले अर्थ र सामाजिक विकास मन्त्रालयले माग गरेको छ । अर्थ मन्त्रालय यतिबेला समाजवादीसंग छ । सामाजिक विकास मन्त्रालय नाउपाले मागेको छ । माओवादी भने कुनै पनि हालतमा ती दुई मन्त्रालय पाउनु पर्ने अडानमा छ । भौतिक पूर्बाधार मन्त्रालय काँग्रेससंग छ ।

न त समाजवादीले अर्थ मन्त्रालयले छोड्ने संभावना छ । सबै दलहरु आआफ्ना अडानमा रहेका कारण मन्त्री परिषद विस्तार हुन सकेको छैन, काँग्रेसका एक नेताले भने, सरकारमा रहेको काँग्रेस सरकार विस्तार गर्ने हतारमा छैन । सरकारमा जान हतारमा रहेका दलहरुबीच मन्त्रालय बाँडफाँडमा सहमती जुट्न सकेको छैन ।  माओवादीले त शुरुदेखि नै नाउपालाई सरकारमा सहभागी नगराउदा पनि बहुमत पुग्ने बताउदै आएको थियो । नाउपलाई समेत सरकारमा सहभागी गराउदा आफ्नो भागमा मन्त्रालय र समितिहरु पर्याप्त नपर्ने उसको सोच थियो ।

नाउपालाई एउटा मन्त्रालय मात्र दिनुपर्ने सत्ता साझेदार दलहरुको भनाई छ । त्यसमाथि उसले रोजेको मन्त्रालयमा माओवादीको आँखा छ । माओवादी कुनै हालतमा अर्थ र सामाजिक नछोड्ने अडानमा हुदा नाउपाले भने रोजेको मन्त्रालय पाउने अवस्था न्यून रहेको माओवादीका एक नेताले बताए ।