
धनगढी - नदीमा नुहाउने क्रममा डुबेर कैलालीको धनगढीमा एक बालकको ज्यान गएको छ। धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नास्थित दिपनगर टोलका दिले भुलको छोरा ९ वर्षीया बिमल भुलको डुबेर मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शिवगंगा नदीमा नुहाउने क्रममा डुबेर आइतबार मृत्यु भएको हो ।
