
अछाममा हालसम्मकै सबैभन्दा बढी ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साँफेबगर नगरपालिकाका विभिन्न वडामा गरी ४७ पुरुष र १८ महिलामा कोरोना भाईरसको संक्रमण देखिएको हो ।

पाँच दिनसम्म संक्रमण नदेखिएको जिल्ला एकै पटक बढी संख्यामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । एक जना स्वास्थ्यकर्मी पनि रहेका छन् । जसमा केहीको बयलपाटा अस्पतालमा स्वाब संकलन गरी सेती प्रयोगशाला धनगढीमा परिक्षणको लागि पठाइएको थियो ।
यस अघि जिल्लामा १२४ जनामा कोरोना भाईरसको संक्रमण देखिएको थियो ।
