विद्यार्थी संगठन बलियो भए मात्रै पार्टी बलियो हुन्छ : काँग्रेस नेतृ डा.आरजु
 
aarju rana deuba

नेपाल विद्यार्थी संघ कैलालीले स्ववियु निर्वाचनका लागि धनगढीमा दुई दिने प्रशिक्षण कार्यक्रम शुरू गरेकाे छ । ‘प्रतिष्ठत नेविसंघका लागि प्रशिक्षित नेतृत्व’ भन्ने मुल नाराका साथ नेपाली काँग्रेसकी नेतृ डाक्टर आरजु राणा देउवाकाे उपस्थितिमा धनगढीकाे साैराई स्क्वायरमा शुक्रबार प्रशिक्षण गरेकाे हाे ।


प्रशिक्षण कार्यक्रममा राणाले याेग्य, सक्षम व्यक्तिलाई क्याम्पसकाे निर्वाचनमा उम्मेद्वार उठाउन सुझाव दिईन । उनले सबैले रूचाएकाे र माग मुद्दा सम्बाेधन गर्न सक्ने व्यक्ति उम्मेद्वार भए क्याम्पसकाे  शिक्षामा सुधार हुने बताईन ।विद्यार्थी संगठन बलियो भए मात्रै पार्टी बलियो हुने र पार्टीलाई बलियो बनाउन सबैले आ–आफ्नो ठाउँमा सहयोग गर्न आग्रह गरेकी थिइन्।


नेपाली कांग्रेस प्रदेश सभापति तथा संघिय सांसद वीरबहादुर बलायर, सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, भाैतिक पुर्वाधार मन्त्री  प्रकाश देउवा , कांग्रेसका केन्द्रीय सदस्य जिवन राना, शुशिला मिश्र भट्ट,  जिल्ला सभापति नारायणदत्त भट्ट ,नेबिसंघका केन्द्रीय अध्यक्ष जुधाङ शेर्पा लगायतका नेता तथा कार्यक्रताको उपस्थिति रहेको थियो। नेविसंघका  कैलाली जिल्ला सभापति  मनिस कुँवरकाे अध्यक्षता प्रशिक्षण कर्यक्रम उद्घाटन गरिएकाे थियाे ।