धनगढीमा विष्णु पौडेलले भने -सत्ता गठबन्धन काँचो धागोमा अडिएको होइन, पाँच वर्षसम्म चल्छ

नेकपा एमालेका उपाध्यक्ष तथा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सत्ता गठबन्धन पाँच वर्षसम्म टिक्ने दाबी गरेका छन् ।पार्टीका कार्यक्रमका लागि कैलाली पुगेका पौडेलले राष्ट्रपति र उपराष्ट्रपतिलगायत सबै पदमा पूर्वसहमति नै कार्यान्वयन हुने बताए ।

उनले भने, ‘नेपाली राजनीतिमा हल्ला एकातिर हुन्छ । घटना अर्कोतिर अगाडि बढ्छ । यो सहयात्रा कुनै काँचो धागोमा अडिएको सहयात्रा होइन । पाँच वर्षसम्म सहयात्रा निरन्तर चल्छ ।’ उनले राष्ट्रका सबै दलहरु मिल्नुपर्ने ठाउँमा मिलेर जाने कुरालाई नकारात्मकरूपमा लिन नहुने बताए ।
