
धनगढी उप-महानगरपालिकाले छ लेन सडकमा वृक्षारोपण अभियान सुरु गरेको छ । विभिन्न प्रजातिका बोटविरूवा तथा फूलको बोट रोप्ने अभियान शुक्रबारबाट सुरु गरेको हो ।

उपमहानगरपालिकालाई हरियाली तथा सौन्दर्यीकरण बनाउन सडकमा वृक्षारोपण सुरु गरिएको उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले बताए ।
धनगढीको भन्साररोडदेखि वडा नम्बर १३ सम्मको उपमहानगर क्षेत्रभित्र पर्ने छ लेन सडकमा वृक्षारोपण गरिने उनले बताए । शुक्रबार चौराहदेखि वृक्षारोपण गरिएको छ ।
