 
दार्चुला - दार्चुलामा एक जना मृत फेला परेका छन्। जिल्लाको तिङ्कर सडकको नालीमा ४० वर्षीय रामदत्त भट्ट मृत फेला परेका हुन्।
 
 जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार ब्यास गाउँपालिका वडा नमबर ४ डोबस्थित दार्चुला तिङ्कर सडक खण्डको नालीमा सोही ठाउँका भट्ट बिहीवार मृत अवस्थामा फेला परेका हुन्। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान सुरु गरेको छ।
 
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
