मनकारी दम्पती जसले गरे सटर भाडामा ५० प्रतिशत छुट
 
vada xut

धनगढीमा बिगत ३० बर्षदेखी ब्यबसाय गर्दै आएका एक दम्पतिले आफुहरुले लिदै आएको सटर भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेका छन ।

धनगढीको साल्ट ट्रेडिङ अगाडि रहेको 'धनगढी सुपर मार्केट' मा रहेका १८ ओटा सटरबाट मासिक २ लाख भाडा उठाउदै आएका मिश्र जनरल स्टोरका संचालक खेमराज मिश्र र उहाकी धर्मपत्नी कुर्मा दहालले लकडाउन भएको ३ महिना अवधीको भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेका छन ।

लकडाउनका कारण ब्यबसायीहरुले ब्यबसाय गर्न नपाएका कारण चैत्र, बैशाख र जेठ तिन महिनाको भाडामा उहाँहरुलाई केहि राहत पुगोस भन्ने उद्देश्यले ५० प्रतिशत छुट दिने निर्णय गरेको बताए ।

manakari

उहाँहरुको पनि घरधन्दा यसैबाट चल्ने हुँदा बन्दमा समस्या भएको महसुस गरि श्रीमती र छोराहरुसंगको छलफल पछि छुट दिने निस्कर्समा पुगेको संचालन मिश्रले बताए । सुपर मार्केटमा ब्यबसाय गरिएरहेका दीपक वाच सेन्टरका संचालक दीपक मण्डलले सटर भाडामा भएको छुटले धेरै राहत पुगेको बताए । उनले उहाँहरु आफैले सो निर्णय गरेको बताउदै आफुहरुले केहि गुनासा राख्न नपाउदै राहत दिएकोमा खुशी ब्यक्त गरे ।

 यसअघि पनि मिश्र दम्पतीले ह्युमानिटी फाउन्डेसनलाई डडेल्धुरामा पिसिआर मेसिन स्थापनाका लागी एकलाख रुपैया सहयोग गरेका थिए।