दीपेन्द्रश्वार स्मृति डिसिए कपः शारदामाथि हिलवल्र्डको जित
 
ss

धनगढीमा जारी दीपेन्द्रश्वार स्मृति डिसिए इन्टर स्कुल क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको पहिलो खेलमा शारदा माविलाई हिलवल्र्ड बोर्डिङ स्कुलले ४६ रनले पराजित गरेको छ ।  टस जितेर पहिले ब्याटिङ गरेको हिलवल्र्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनायो । उसका अमित परियारले १९ बलमा १ चौका र दुई छक्कासहित २५ रन बनाए । 

यस्तै करणसिंह धामीले २६ बलमा २ चौकासहित २२ तथा रमेश विष्टले ११ बलमा २ चौकासहित १० रन बनाए ।  बलिङतर्फ शारदाका सागर सिंह, पवन विष्ट र रमेश विष्टले समान २–२ विकेट लिए ।  जवाफी ब्याटिङमा शारदाले १४.१ ओभरमा सबै विकेट गुमाएर ७४ रनमात्रै बनाउनसक्यो ।  उसका प्रविन खत्रीले २३ बलमा २ चौकासहित १६, आयुष बोहराले १८ बलमा ८ तथा इश्वर बोगटीले १ बलमा एक चौकासहित ७ रन जोडे । 

बलिङमा हिलवल्र्डका भक्त साउद र सुशिल खड्काले ३–३ तथा विवेक विकले २ विकेट लिए ।  माघ १६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५० हजार तथा उपविजेताले ३० हजार पाउनेछ ।   यस्तै प्लेयर अफ द टुर्नामेन्टले ५ हजार नगदसहित डीसीएमा ४ महिनाको छात्रवृत्तिमा क्रिकेट सिक्न पाउने डिसीएका व्यवस्थापक समुयल न्यौपानेले बताए । 

त्यसबाहेक वेस्ट बलर र बेस्ट ब्याटरले ३–३ हजार नगद र ३ महिनाको छात्रवृत्ति पाउनेछन् ।   डीसीएका पुर्व खेलाडी समेत रहेका दीपेन्द्र स्वारको सडक दुर्घटनामा निधन भएको थियो । आफ्नो छोराका स्मृतिमा परिवारले हरेक वर्ष उनको स्मृतिमा क्रिकेट प्रतियोगिता गर्दै आएको छ ।   प्रतियोगितालाई एसपीए कलेज, गुरुकुल एकेडेमी, गुरुजी सपिङ एण्ट सुटिङ, सिभिल बैंक, नवजीवन हस्पिटल तथा सौराई स्वायरलगायतले प्रायोजन गरि सहयोग गरेका छन् ।