
दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका–२ न्वालपानी कि एक महिलालाई सुत्केरी व्यथाले च्यापेपछि खाटको डोरीमा बोकेर स्वास्थ्य चौकी पु¥याएको छ।

विहिबार राती ती महिलालाई सुत्केरी व्यथा लागेको थियो। गाउँमा बिरामी बोक्ने स्ट्रेचर नहुँदा यसैगरी खाटको डोरीमा बोकेर अस्पताल पु¥याउनुपर्ने बाध्यता रहेको स्थानीय प्रकाशसिंह धामीले गुनासो गरे।
साथै गाउँमा बाटो समेत राम्रो नहँुदा विरामी अस्पताल पु¥याउन समस्या हुने गरेको स्थानीलयले बताएका हुन्।
