
कञ्चनपुरमा २२ वर्षीय एक युवक आफ्नै कोठामा मृत फेला परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १२ उन्नतिटोलका २२ वर्षीय प्रेम बिष्ट मंगलबार आफ्नै कोठामा मृत फेला परेका हुन्।

आफ्नै कोठामा मृत अवस्थामा फेला परेका विष्टको मृत्युको कारण भने खुल्न सकेको छैन्। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
