 
सुदुरपश्चिममा थप १९५ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित प्रादेशिक प्रयोगशाला, राष्टिय जनस्वास्थ्य प्रयोगशाला, त्रिभुवन शिक्षण अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरी आईतवार १९५ जनामा कोरोना संक्रमित भएका हुन् । योसँगै सुदुरपश्चिममा संक्रमितको संख्या २३०९ पुगेको छ ।
 
 स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार बाजुराका ९५ जना, डडेल्धुरा र दार्चुलाका दुईजनामा कोरोना पुष्टि भएको हो। शिक्षण अस्पताल प्रयोगशालामा भएको परीक्षणमा बाजुराका २९ महिला र ३४ पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए। यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा बाजुराकै ११ महिला र २१ पुरुषमा कोरोना पुष्टि भएको उनले बताए।
यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा डडेल्धुराका एक पुरुष र दार्चुलाका एक पुरुष गरी दुईजनामा संक्रमण देखिएको हो। यता धनगढी प्रयोगशालामा भएको परीक्षणमा डोटीका ६९ र कैलालीका २९ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको आज सबैभन्दा बढि डोटीको पूवीचौकी गाउँपालिकाका ४५ जनामा कोरोना पुष्टि भएको श्रेष्ठले बताए। जसमा ६ महिला र ३९ पुरुष रहेका छन्।
 
 यस्तै आर्दश गाउँपालिकाका ६ महिला र १३ पुरुष गरी १९ जना, केआईसिह गाउँपालिका दुई जना पुरुष, दिपायल सिलगढी नगरपालिकाका एक महिला र दुई पुरुष गरी तीन जना रहेका छन्। यस्तै धनगढी उपमहानगरपालिकाका पाँच महिला र पाँच पुरुष गरी १० जना, कैलारी गाउँपालिकाका चार महिला र ६ पुरुष गरी १० जना, मोहन्याल गाउँपालिकाका दुई महिला र पाँच पुरुष गरी सात जनामा कोरोना पुष्टि भएको श्रेष्ठले बताए।
यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या दुई हजार तीन सय ९ पुगेको छ। आज थपिएका समेत गरी अहिलेसम्म सबैभन्दा बढि कैलालीका छ सय एक जनामा कोरोना पुष्टि भएको छ। यस्तै डोटीमा चार सय १०, बाजुराका तीन सय १६, कञ्चनपुरमा तीन सय जना, डडेल्धुरामा दुई सय २६, बैतडीमा दुई सय १४, अछामका एक सय ३९, बझाङमा ७९ र दार्चुलामा १६ जनामा कोरोना पुष्टि भएको छ।
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
