बाजुराको मतगणना गर्न काँग्रेसको माग 
 
dd

स्नेपाली कांग्रेसले बाजुराको मत गणना सुरु गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ।

मंगलबार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति धनराज गुरुङ, प्रदीप पौडेललगायतको टोली निर्वाचन आयोग पुगेर बाजुरा र स्याङ्जा २ को मतगणना सुरु गर्न आग्रह गरेको हो। 

कांग्रेस नेताहरुले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तसँग भेट गरी तत्काल मतगणना सुरु गर्न आग्रह गरेका हुन्।

काँग्रेसले बाजुरामा स्थगित गर्नु नपर्ने ठाउँमा स्थगित नभएको बताएका छन।