
बाजुरामा मतदानका क्रममा भएको विवाद साम्य पार्न प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा प्रहरी र स्थानीय बिच झडप हुँदा एक जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी भोला रावलले जानकारी दिए ।
‘एक जनाको मृत्यु भएको छ । तर को हुन् भन्ने पुष्टि हुन बाकी छ ।’ रावलले भने ।

मतपेटिका खोस्न आएपछि झडप भएको उनको भनाई छ । जिल्लाका ४/५ ठाउँमा दिनभर अवस्था तनावपूर्ण रहेका उनले बताए ।