बैतडीमा ६० प्रतिशत मतदान
 
ss

बैतडीमा अहिलेसम्म ६० प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यालय, बैतडीका प्रमुख माधवप्रसाद फुयाँलका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा गरि ६० प्रतिशत मत खसेको हो। 

जिल्लामा १ लाख ५० हजार १५६ मतदाता छन्। अहिले ३ः ३० सम्ममा जिल्लामा कुल ६० प्रतिशत बढी मत खसेको हो। यहाँ एक प्रतिनिधि सभा र २ प्रदेश सभा सदस्यका लागि निर्वाचन हुँदैछ। यहाँ प्रतिनिधि सभामा नेकपा एमालेका दामोदर भण्डारी, सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका नेरेन्द्र कुवर विजयसुन्दर र स्वतन्त्र केशवबहादुर चन्द लगायतले प्रतिस्पर्धा गर्दैछन्। 


यस्तै निर्वाचन कार्यालय बैतडीका प्रमुख फुयाँलले सुदूरपश्चिममै एकमात्र बैतडी जिल्लामा एकदमै शान्तिपूर्ण तरिकाले मतदान भइरहेको र कुनै विवाद तथा समस्या नआएको बताए। उनले भने, ‘बैतडीमा कुनै गडबड छैन, शान्तिपूर्ण मतदान भइरहेको छ। मलाइ लाग्छ, सुदूरपश्चिमका अरु जिल्लाहरुमा समस्या आएको भएपनि बैतडीमा शान्तिपूर्ण तरिकाले मतदान सफल पार्नेछौ।’