
कैलाली - बझाङको मस्टा गाउँपालिका चिउरीमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । २ घाइते छन् ।

बुधबार दिउँसो करिब ४:१५ बजेतिर मस्टा गाउँपालिका ४ स्थित चिउरीमा जीप दुर्घटना भएको हो । जीप बझाङ सदरमुकामबाट सुर्माको मेला भर्न जाँदै गरेको थियो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भोलाबहादुर रावलकाअनुसार जीप सडकबाट करिब २०० मिटर तल खसेको छ । घटनास्थलमा अहिले उद्दारको काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।
