
धनगढीकी एक महिलाले आफ्नो जन्मदिनको अवसरमा डडेल्धुरामा पीसीआर मेसिनको स्थापनाका लागि सहयोग गरेकी छन् । धनगढी उपमहानगरपालिका– ५ हसनपुरकी सुशिला भट्टले आज आफ्नो जन्मदिनको अवसरमा पीसीआर मेसिन स्थापनाका लागि ५ हजार रुपैया सहयोग गरेकी हुन् ।

जन्मदिनको अवसरमा हरेक वर्ष अनाथ बालबालिका तथा असहाय व्यक्तिहरुलाई सहयोग गर्दै आएकी थिईन । यस पटकको जन्मदिनको अवसरमा पीसीआर मेसिनको अभावमा सुदूरपश्चिमका ७ वटा पहाडी जिल्लाका बासिन्दा कोरोनाको परीक्षणबाट बञ्चित भएकोले डडेल्धुरामा स्थापना गर्न लागिएको पीसीआर मेसिनका लागि ह्युमानिटी फाउण्डेसनललाई सहयोग गरेको बताईन ।
डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि ह्युमानिटी फाउण्डेसन र सुदूर पश्चिम समाज अमेरिकाले सहयोग संकलन अभियान सञ्चालन गर्दै आएको छ ।
