
धनगढी- बझाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि बिहीबार जिल्ला अदालत बझाङमा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।

असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने मिति तय भएकाले निर्वाचन कार्यक्रमअनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विमलप्रसाद गौतमले बताए।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यतालिका अनुसार निर्वाचनका सम्पूर्ण काम अघि बढाउने र निर्वाचन आचारसंहिता पालना गरे, नगरेको अनुगमन गर्ने बताइएको छ।
