 
डडेल्धुरा-डडेल्धुरामा साइकलसहित खोलामा खसेका किशोरको मृत्यु भएको छ ।
 
 परशुराम नगरपालिका ९ का १५ वर्षीय तेजबहादुर बोहराको साइकल दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी दैजी जोगबुडा सडकखण्ड अन्तरगत कुयापी सडकको ओरालोमा ब्रेक नलागेपछि साइकल सहित खोलामा खसेको थिए ।
 
 घटनास्थलमा कार्य सकेर शव परीक्षणका लागि जोगबुढा अस्पताल लगिने ईलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ ।
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
