
बाजुरा- बाजुरामा औषधिको अभाव हुन थालेको छ। प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा रहेको स्वास्थ्य केन्द्रमा औषधिको अभाव हुन थालेको हो ।

स्वास्थ्य केन्द्रमा प्रायः बिरामीमा टाउको दुख्ने, ज्वरो आउने, वाकवाकी लाग्नेजस्ता लक्षण भएका बिरामी आउने गरेका छन्। दैनिक एक सयभन्दा बढी बिरामी आउने गरे पनि औैषधि अभावले उपचारमा समस्या भएको जनाइएको छ ।
स्वास्थ्य केन्द्रमा उपचारका लागि पुग्ने बिरामीले अहिले सिटामोलसम्म नपाउँदा थप सास्ती भोग्नुपरीरहेको छ । सरकारी स्वास्थ्य संस्थामा औषधि नपाउँदा सेवाग्राही निजी मेडिकल धाउनु पर्ने बाध्यता रहेको गुनासो छ । स्वास्थ्य केन्द्रमा औषधि र डाक्टरको व्यवस्थापनको काम भइरहेको त्यहाँका जनप्रतिनिधिले बताएका छन् ।
