सुदूरपश्चिम प्रदेश सभाको बैठक प्रतिपक्ष दलद्धारा फेरि अवरुद्ध, १४ गतेसम्मका लागि बैठक स्थगित
 
sansad

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना नियन्त्रणमा काम गर्न नसकेको भन्दै प्रतिपक्ष दलले शुक्रवारको प्रदेश सभा बैठक अवरुद्ध गरेका छन्् । वुधवार सुदूरपश्चिम प्रदेश सभाको वैठक अवरुद्ध पारेका प्रतिपक्षीले शुक्रवारको वैठक पनि चल्न दिएनन् । बैठकमा दबाव दिनको लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र प्रतिपक्षी दल राजपाले बैठक अबरुद्ध गरेका हुन्  । 

सरकारले कोरोना नियन्त्रण तथा पिसिआर चेकजाँच गर्न नसकेपछि जनता निरास भएको भन्दै सरकारलाई दबाव दिन वैठक अवरुद्ध भएको हो । प्रतिपक्षी दलको तर्फमा राजपाका सासद कृष्णकुमार चौधरीलाई भनाई राख्ने मौका दिईएकोमा उनले प्रदेश सरकारको औचित्य सकिएको बताए । उनले कोरोना नियन्त्रणमा सरकार गम्भीर नभएको भन्दै भिटिएम लगायतका सामाग्री सिद्धिदा समेत कुनै पहल नभएको आरोप लगाए ।

पिसिआर जाँच विना घर पठाईदा समुदायमा जोखिम वढेको भन्दै संसद अवरुद्ध पारिएको नेपाली काग्रेंस संसदीय दलको नेता डाक्टर रणवहादु रावलले बताए । उनले २०७५ सालदेखिको बजेटमा एकलौटी रुपमा आएको र त्यसमा समानुपातिक बजेट नआएकोले यो नसच्चिदासम्म संसद अवरुद्ध जारी रहने बताए । उनीहरुको अवरोधपछि १४ गते दिउँसो तीन बजेसम्मका लागि प्रदेश सभा बैठक स्थगित भएको छ ।