
धनगढी- कैलालीको कैलारी गाउँपालिका–५ मा कैयौं घर डुबानमा परेको छ । कटैनी नदीको बाढीका कारण मनिकापुर, बन्दरगौढी, बंगालीपुर, नयाँ बैजपुर, नयाँ मनिकापुर डुबानमा परेको हो ।

डुबान प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि सुरक्षाकर्मी, जनप्रतिनिधि खटेका कैलारी गाउँपालिकाका कर्मचारी रविन्द्रकुमार चौधरीले जानकारी दिए ।
