
कञ्चनपुर- जिल्लाको कृष्णपुर नगरपालिकामा भूमिहीन दलित , सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी बनाउन नाप नक्साको काम मेयर हेमराज ओझाले मङ्गलवार देखि सुरु गरेका छन् ।

मेयर ओझाले कृष्णपुर नगरपालिकाको वडा न १ स्थित पुतली बजारबाट भूमिहीन दलित,भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नाप नक्सा गर्ने कार्यको शुभारम्भ गरेका हुन ।
कृष्णपुरको वडा न २ को अठन्निफाँटाबाट जग्गा नाप नक्साको कार्य शुभारम्भ भैसकेको नगर प्रमुख ओझाले बताए । भदौ २९ गते बुधवार दिउँसो १ बजे वडा न ९ मा पनि जग्गा नाप नक्साको कार्य शुभारम्भ हुने नगर प्रमुख ओझाले जानकारी दिए ।
