
बिहीबार नेपालमा थप ४ सय ३४ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ।

बिहीबार ३ सय १२ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको कुल संख्या २ हजार ६ सय ५० पुगेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
