
धनगढी-एकीकृत समाजवादी पार्टीबाट राज्यमन्त्री पदमा नियुक्त भएका चौधरीलाई पदबाट हटाइएको छ । उनलाई पार्टीले नै मन्त्री पदबाट हटाउन भनेपछि हटाइएको प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले जानकारी दिए ।

चौधरी २५ चैत २०७८ मा मन्त्रीमा नियुक्त भएका थिए । पार्टीको नीति विपरित कार्य गरेको भन्दै हटाएको हुन सक्ने सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रावलको भनाइ छ ।
समाचार स्रोतका अनुसार कुलवीर आजै कञ्चनपुरमा हुने कार्यक्रममा नेकपा एमालेमा प्रवेश गर्दैछन् । पार्टी प्रवेश गराउन एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली महेन्द्रनगर पुगिसकेका छन् ।
