 
डोटी- डोटीमा उच्च रक्तश्रावका कारण एक सुत्केरी स्वास्थ्यकर्मीले ज्यान गुमाएकी छिन्। जिल्लाको आदर्श गाउँपालिका–६ गिरिचौकाकी ३२ वर्षीया जानकी खडायतको ज्यान गएको हो।
 
 बुधवार साँझ उनको जिल्ला अस्पताल डोटीमा मृत्यु भएको जिल्ला अस्पताल डोटीका डाक्टर सोहन शाहले जानकारी दिएका छन्। अस्पताल पुगेको १० मिनेटमै उनले मृत बच्चा जन्माएकी थिइन्। मृत बच्चा जन्माएकी उनको उच्च रक्तश्रावका कारण मृत्यु भएको डाक्टर शाहले बताए।
उपचारमा संलग्न डाक्टरका अनुसार उनको पेटमा भएको बच्चा दुई तिन दिन अगाडी नै मरिसकेको थियो। २०७० सालबाट स्वास्थ्य क्षेत्रमा प्रवेश गरेकी उनी गिरिचौका स्वास्थ्य चौकीमा अनमीको रूपमा कार्यरत थिइन्।
 
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
