 
दार्चुला-दार्चुलामा सडक खन्ने क्रममा खसेको पहिरोमा परि एकजना घाइते भएका छन्। दार्चुला-टिङ्कर सडक अन्तर्गतको व्याँस गाउँपालिका-२ माल कोठेधार क्षेत्रमा आएको पहिरोले १८ वर्षीय वीजय पुन घाईते भएका हुन्।
 
 स्थानीयका अनुसार रुकुम जिल्ला आठबिसकोट नगरपालिकाका वीजय भाग्ने क्रममा घाइते भएका हुन्। शनिबार ४ बजेतिर सडकमा माथिबाट पहिरो खसेको थियो।
घाइते पुनको जिल्ला अस्पताल दार्चुलामा उपचार भैरहेको बताइएको छ।
 
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
