घोडाघोडी नगरपालिकाको बजेट साढे ८३ करोड 
 
bughet

घोडाघोडी नगरपालिकाले ११ औं नगर सभा तथा आगामी आर्थिक बर्ष २०७७, ०७८ को नीति तथा कार्यक्रम सहित ८३ करोड ४१ लाखको बजेट सार्वजनिक गरेको छ । आर्थिक बर्ष २०७७, ०७८ का लागि ८३ करोड ४१ लाख २३ हजार ५ सय १७ रुपैयाँ बराबरको बजेट नगर सभामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंहले बुधबार प्रस्तुत गरेका हुन् ।

घोडाघोडी नगरपालिकामा ६ वटा शिर्षकमा बजेट विवरण गरिएको छ । जस अन्तरगत पुर्वधार विकासमा सबैभन्दा बढी ५९.७९ प्रतिशत बजेट विनियोजन गरिएको छ भने सबैभन्दा कम कोषहरु शिर्षकमा ०.२१ प्रतिशत बजेट विनियोजन गरिएको छ । आर्थिक बर्ष २०७७,०७८ को बार्षिक बजेट विवरण गर्दा आर्थिक विकासमा २ करोड १० लाख (४.५१५), सामाजिक विकासमा ५ करोड ७६ लाख (१२.४५), पुर्वाधार विकासमा २७ करोड ८६ लाख २३ हजार (५९.७९५), वन वातावरण तथा विपत व्यवस्थापन विकासमा २७ लाख (०.५८५) , कोषहरु १० लाख (०.२१५) र चालू १० करोड ५१ लाख (२२.५५५) बजेट सहितको नीति तथा कार्यक्रम नगरपालिकाले प्रस्तुत गरेको छ ।

घोडाघोडी नगरपालिकाको आय स्रोतमा आन्तरिक आय ४ रुपैयाँ रहेको छ । यसैगरी, राजश्व बाँडफाँड १४ करोड ६३ लाख ८३ हजार रुपैयाँ , वित्तीय समानीकरण अनुदान अन्तरगत संघीय सरकारबाट १८ करोड ५३ लाख र प्रदेश सरकारबाट ८१ लाख ८९ हजार गरी १९ करोड ३४ लाख ८९ हजार रुपैयाँ , विशेष अनुदान १ करोड ५० लाख , समपुरक अनुदान १ करोड ३६ लाख शसर्त अनुदान ३१ करोड ९५ लाख रुपैयाँ रहेको छ भने गत बर्षको नगद मौज्दात ८ करोड ६१ लाख ५१ हजार रुपैयाँ गरि कुल ८१ करोड ४१ लाख २३ हजार रुपैयाँको रकम विनियोजन गरिएको छ ।

जनप्रतिनिधिद्वारा नगर सभा बहिष्कार
घोडाघोडी नगरपालिकाले ११ औं नगरसभा तथा आगामी आर्थिक बर्ष २०७७, ०७८ को नीति तथा कार्यक्रम सहित ८३ करोड ४१ लाखको बजेट बुधबार सार्वजनिक गरेको छ । आगामी आर्थिक बर्ष २०७७, ०७८ को निति तथा कार्यक्रम सार्वजनिक गरिएपनी यस बर्ष वडामा थोरै रकम बिनियोजन गरिएको भन्दै कतिपय जनप्रतिनिधिहरुले नगर सभा बहिष्कार गरेका छन् । नगर सभामा ६ जना वडा अध्यक्ष र कार्यपालिका सदस्यले बहिष्कार गरेका हुन् । बजेटमा नगर प्रमुखले एकलौटी गर्न खोजेको भन्दै वडा नं २, ३, ७, ८,११ र १२ का वडा अध्यक्ष र कार्यपालिका सदस्यले नगर सभा बहिष्कार गरेको एक वडा अध्यक्षले बताए । नगर प्रमुखले एकलौटी रुपले कार्यकर्तामुखी बजेट ल्याएकाले नगर सभा बहिष्कार गरेको घोडाघोडी नगरपालिका वडा नं २ का अध्यक्ष हरिराज बिष्टले बताए नगरपालिकाले यस बर्ष वडागत बजेट एक मुष्ट रूपमा ३ करोड ४१ लाख ५१ हजार रुपैयाँ विनियोजन गरेको छ ।