
लामो समयदेखि लोकदेउडा तथा आधुनिक क्षेत्रमा आफ्ना पाइला अगाडी बढाउँदै आएका मोडेल तथा निर्देश्क प्रकाश बिष्टको नयाँ गीत भित्रि आत्मा सार्वजनिक भएको छ ।

मार्मिक लोक गीत भित्री आत्मा टीका सानू युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
सार्वजनिक भित्रि आत्मा बोलको गीतमा गायिका लक्ष्मी परियार र गायक सुर्य बिसीको स्वर रहेको छ ।

सागर रिजाल र शक्ती जोशीको प्रस्तुती रहेको गीतको म्युजिक भिडियोमा मोडेल तथा निर्देशक बिष्टसँगै अस्मिता ओलीले अभिनय गरेका छन् ।
सोनु बिकको छायांकन रहेको गीतको सम्पादन पिआर जोशी रहेका छन् ।