 
सुदूरपश्चिममा थप ११६ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित प्रादेशकि प्रयोगशालामा ४९ जना र जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौंमा ६७ जना गरी ११६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या १२७७ पुगेको छ ।
 
 राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा बाजुराका ११ महिला र नौँ पुरुष गरी २० जना, बझाङका तीन महिला र १६ पुरुष गरी १९ जना, कैलाली एक महिला र १५ पुरुष गरी १६ जना, कञ्चनपुरका दुई महिला र सात पुरुष गरी नौँ जना, अछामका दुई महिला र डडेल्धुराका एक पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।
यता सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार धनगढी प्रयोगशालामा भएको परीक्षणमा ४९ जनामा कोरोना पुष्टि भएको छ। उनका अनुसार कैलालीको गोदावरी नगरपालिकाका १५ महिला र २९ पुरुष सहित ४४ जना, भजनीकी १९ बर्षीय युवती र कैलालीकै ४२ बर्षीय महिलामा कोरोना पुष्टि भएको हो। ४२ बर्षीया महिलाको स्थानीय तह खुलेको छैन्। यस्तै कञ्चनपुरको बेलौरी, बाजुर र बझाङका एक÷एक जना पुरुषमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।
 
 योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक हजार दुई सय ७७ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका चार सय तीन, डडेल्धुरामा दुई सय पाँच, बैतडीमा एक सय ५६, डोटीमा एक सय ६१, कञ्चनपुरमा एक सय नौँ, अछामका ८८, बाजुराका ९३, बझाङमा ४४ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका पाँच जनाको मृत्यु भईसकेको छ भने एक सय ६५ जना निको भएर घर फर्किसकेका छन्।
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
