
नेकपा एमाले कैलालीका अध्यक्ष रतन थापालाई पदबाट हटाइएको छ । प्रदेश कमिटी बैठकले रतन थापालाई अध्यक्षबाट हटाउने निर्णय गरेको प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए ।

उपाध्यक्ष दुर्गा जोशीलाई कार्यवाहक अध्यक्ष तोकिएको र साउन १५ भित्र जिल्ला प्रतिनिधि परिषद्को बैठकले अध्यक्ष चयन गर्ने निर्णय समेत भएको छ ।
जिल्ला कमिटी सचिवालय बैठकले चुनावमा अन्तर्घात गरेको ठहर सहित अध्यक्ष थापालाई अनुशासनको कारबाहीको सिफारिस गरेको थियो ।
