धनगढी उपमहानगरले ज्येष्ठ नागरिकलाई मुक्तिनाथ दर्शन गराउने
 
ss

धनगढी उपमहानगरपालिकाले ज्येष्ठ नागरिकलाई मुक्तिनाथ दर्शन गराउने भएको छ। उपमहानगरले आगामी आर्थिक वर्षमा एक सय ज्येष्ठ नागरिकलाई मुक्तिनाथ क्षेत्रको दर्शन गराउने उपमहानगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ।

आर्थिक वर्ष २०७९/०८० मा सय जना ज्येष्ठ नागरिकलाई निःशुल्क मुक्तिनाथ दर्शन गराउन आवश्यक बजेटको व्यवस्था गरेर स्वदेशमा रहेका तिर्थस्थलको प्रचारप्रसार होस् र ज्येष्ठ नागरिकले समाजलाई दिएको योगदानको कदर गर्नुपर्छ भनेर यो योजना ल्याइएको नगरप्रमुख गोपाल हमालले बताए।