 
सुदूरपश्चिममा थप ४९ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित प्रयोगशालामा गरिएको परिक्षणमा थप ४९ जनामा कोरोना पुष्टि भएको हो । योसँगै सुदुरपश्चिममा संक्रमितको संख्या १२१० पुगेको छ । सोमवारसम्म संक्रमितको संख्या ११६१ रहेको थियो ।
 
 सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार धनगढी परीक्षणमा कैलालीको गोदावरी नगरपालिकाका १५ महिला र २९ पुरुष सहित ४४ जना, भजनीकी १९ बर्षीय युवती र कैलालीकै ४२ बर्षीय महिलामा कोरोना पुष्टि भएको हो। उनको स्थानीय तह खुलेको छैन्।
यस्तै कञ्चनपुरको बेलौरी, बाजुर र बझाङका एक÷एक जना पुरुषमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक हजार दुई सय १० पुगेको छ।
 
 अहिलेसम्म सबैभन्दा बढि कैलालीका तीन सय ८७, डडेल्धुरामा दुई सय चार, बैतडीमा एक सय ५६, डोटीमा एक सय ६१, कञ्चनपुरमा एक सय नौँ, अछामका ८२, बाजुराका ७३, बझाङमा २५ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका पाँच जनाको मृत्यु भईसकेको छ भने एक सय ६५ जना निको भएर घर फर्किसकेका छन्।
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
