 
बाजुरामा ट्र्याक्टर दुर्घटना हुँदा ३ जना घाइते भएका छन्।
 
 प्रहरीका अनुसार जगन्नाथ गाउँपालिका-४, बगउरा भन्ने ठाउँमा सु प प्र ०१–००२ त ५०९३ नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो।
दुर्घटनामा जगन्नाथ-४ कै उजली भण्डारी, विमला धराला र जगत भण्डारी घाइते भएका प्रहरीले बताएको छ।
 
 उनीहरु तीनै जनाको कोल्टी स्वास्थ्य चौकीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
