धनगढीमा नृप वडको कार्यकाल समिक्षाः फराकिलो सडक बनाउन खोज्दा अवरोध, पाँच वर्षमा २२ मुद्दा
 
ss

२०७४ साल पुस १९ गते १३ जना घरधनीले क्षतिपूर्तिसहितको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरे । धनगढी उपमहानगरपालिकालाई विरोधी बनाई दर्ता गरिएको सो रिटले छ लेन सडकको दुई महिना काम अवरुद्ध भयो ।

२०७५ साल जेठ २५ गते भृकृटी कार्कीले धनगढी उपमहानगरपालिकासहित पा“च जना विरुद्ध सडक क्षेत्रमा रहेको घर भत्काएको भन्दै अदालतमा रिट दायर गर्दा पुनः माघसम्म काम अघि बढ्न सकेन । २०७५ साल माघ २१ गते अदालतले सो रिट खारेज गरेको थियो । २०७५ साल जेठ १८ गते कार्कीले जयदेव विष्ट समेत १६ जना विरुद्ध लुटपिट मुद्दा दर्ता गराएकी थिइन । सो मुद्धामा दावी नपुगेपछि माघ २१ गते खारेज गरिएको थियो ।धनगढी उपमहानगरपालिकाले रिङ रोड निर्माण गर्दै गर्दा पनि विभिन्न रिट दायर भएका थिए ।

कार्कीले क्याम्पस रोड–त्रिनगर भन्सार हुलाकी सडक निर्माणमा पनि अवरोध पुर्याएकी थिइन । २०७५ वैशाख १२ गते वडा नम्बर ३ का निवर्तमान वडा अध्यक्ष वलबहादुर ऐरसहित ११ जनाविरुद्ध रिट दायर गरेकी थिइन । माघ २१ गते सो रिटमा दाबी नपुगेपछि अदालतले खारेज गरेको थियो ।

सोही समयमा धनगढीको राजपुर–कैलाली गाउ“–एयरपोर्ट सडक निर्माण पनि प्रभावित भएको थियो । स्थानीय हिरादत्त भट्टले धनगढी उपमहानगरपालिकाको कार्यालयसहित तीन जनालाई बादी बनाई वैशाख २० गते रिट दायर गरेका थिए । दाबी नपुगेपछि अदालतले असार ११ गते रित खारेज गरेपछि काम अघि बढेको थियो ।

२०७५ जेठ १३ गते बोधराज चौधरी समेत तीन जनाले धनगढी उपमहानगरपालिकाको कार्यालय, ३ नम्बर वडा अध्यक्ष समेत ११ जना विरुद्ध रिट दायर गरेका थिए । माघ २२ गते दाबी नपुगेको भन्दै अदालतले सो रिट खारेज गरेको थियो । रिट खारेजीपछि निर्माण कार्य अघि बढ्दै जा“दा २०७६ साल वैशाख ८ गते सोही स्थानका गोकर्ण पौडेलले अदालतमा अर्को रिट दायर गरे । सो समयमा सडकको ९५ प्रतिशत काम सम्पन्न भइसकेको थियो । सो रिट २०७६ साउन २२ गते खारेज गरिएको थियो ।

२०७४ सालमै धनगढीस्थित नैनादेवी टोल पक्की नाला निर्माण गर्दा कैलाली मोडल स्कुलले धनगढी उपमहानगरपालिकालाई विपक्षी बनाई जिल्ला अदालत कैलालीमा रिट दायर गरेको थियो । अतिक्रण गरेर भवन निर्माण गरेको भन्दै हटाउ“दा स्कुलले मुद्दा दायर गरेपछि केही महिना काम प्रभावित भएको थियो । झण्डै नौ महिनापछि सो मुद्दा अदालतले खारेज गरेको थियो ।

माथीका यी केही प्रतिनिधी पात्रमात्र हुन । धनगढी उपमहानगरपालिकामा जननिर्वाचित प्रतिनिधीहरु आएपछि सबैभन्दा सडक, नाली निर्माण लगायतका काममा स्थानीयले रिट दर्ता गर्दा विकास निर्माणका काम प्रभावित भएका थिए । पा“च वर्षको अवधिमा धनगढीमा निर्माण भइरहेका र भएका सडक तथा नाली निर्माण गर्ने क्रममा धनगढी उपमहानगरपालिकालाई विपक्षी बनाई अदालतमा २२ वटा मुद्दा दर्ता भएको उपमहानगरपालिकाले जनाएको छ ।

‘सबैको माग सडक र पक्की नाली हो तर, कसैले पनि आफनो जग्गा छोड्दैनन’ जनप्रतिनिधीहरु भन्छन – ‘कानुन प्रयोग गरी सडक संरचना खाली गराउ“दा अदालतमा रिट दर्ता हुन्छ । फैसला हुननै वर्षौ लाग्छ । जसका कारण योजनाहरु समयमै सम्पन्न गर्न पनि समस्या हुन्छ ।’

धनगढी निवर्तमान नगर प्रमुख नृपबहादुर वडले पनि यो कुरालाई स्विकार गरे । उनले भने –‘अरुको घर भत्काएर सडक संरचना निर्माण गर्दा सबै खुशी हुन्छन । तर, आफनै भवन भत्काउन कसैले मान्दैनन । हामीले बल प्रयोग गरि हटाउने प्रयास गर्दा अदालतमा रिट दायर हुन्छ ।’ उनले अदालतमा रिट दायर भएकै कारण धनगढीका केही सडकहरुको काम अहिले पनि सम्पन्न हुन नसकेको बताए ।

धनगढीको मोहनापुल अत्तरिया छ लेन सडक, एशियाली विकास बैंकको आर्थिक सहयोगमा निर्माणाधिन विभिन्न सडकहरुमा पनि घरधनीले संरचना नहटाउ“दा काम अघि बढ्न सकेको छैन । चटकपुर–क्याम्पसरोड सडकखण्ड, डिभोटीदेखि पिप्लचौतारा सडक लगायतका सडकको कामको प्रगति सन्तोषजनक रहेपनि चर्चदेखि ट्राफिक चौराहसम्मको सडकमा संरचना नभत्काउदा केही क्षेत्रमा काम अघि बढ्न सकेको छैन ।