कञ्चनपुरमा कार्यरत प्रहरी सहायक हवल्दार विष्टको मृत्यु
 
ss

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी सहायक हवल्दार हरेन्द्र विष्टको मृत्यु भएको छ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार दार्चुलाको मालिकार्जुन गाउँपालिका-६ घर भएका ४० वर्षीय प्रहरी सहायक हवल्दार विष्ट बिहीबार ड्युटीबाट खाना खान भनी जाँदै गर्दा अचानक बेहोस भएका थिए।

उपचारका लागि महाकाली अस्पताल लगिएका विष्टको अस्पतालमै मृत्यु भएको र पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको उनले बताए।