बैतडीमा भिरबाट लडेर एकजनाको मृत्यु
 
dd

बैतडीमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ।

बुधबार सिँचाई कुलो निर्माणका क्रममा दशरथचन्द नगरपालिका– ७ सुर्कालका ५२ वर्षीय लक्ष्मण बडुको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

 २५० मिटर तल खसेका बडुको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।