प्रदेश सभापति बलायरले भने, ‘कांग्रेस एक्लै चुनावमा जान्छ, तालमेल हुदैँन’
 
dad

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्न सकारात्मक देखिएपनि केन्द्रीय सदस्य सशांक कोइरालामात्र होइनन्, देउवा  निकटकै अरु नेतापनि तालमेलमा अनिच्छुक देखिएका छन् ।  

दार्चुलाका बिभिन्न स्थानमा आयोजित कार्यक्रमहरुमा सुदूरपश्चिमका प्रदेश सभापति बीर बहादुर बलायरले आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसले एक्लै चुनावमा जानुपर्ने बताएका हुन् ।

शुक्रवार दार्चुला पुगेका बलायरले सञ्चारकर्मीसँग भने, ‘मौजुदा परिस्थितिमा गठबन्धनको परिकल्पना नगरिएकाले नीतिगत रुपमा सुदूरपश्चिममा गठबन्धन हुदैन ।’

सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसलाई ‘बाइपास’ गरिएकाले उनको यस्तो प्रतिकृया आएको अनुमान गरिएको छ । ‘प्रदेश सरकारको बहुमतको काँचो सोचले गर्दा नै नीतिगत आधारमा गठबन्धन गर्न नहुने देखिएको छ, सरकारलाई कांग्रेसको समर्थन छ तर सरकारमा कांग्रेसको सहभागीता छैन,’ उनले भने । 

सरकारमा सहभागि हुनेबारे गठबन्धनका अन्य शक्तिहरुले कांग्रेससँग कुनै किसिमको संवाद नगरेको भन्दै उनले असन्तुष्टिसमेत जनाएका छन् । समझदारीका साथ अगाडि बढ्यो भने आवश्यकताका आधारमा स्थानीय चुनावमा गठबन्धन गर्न सकिनेतर्फ सभापति बलायरको संकेत थियो । बलायर स्थानीय तह केन्द्रीत कार्यक्रम अन्तर्गत दार्चुला पुगेका हुन् ।