मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई
 
dd

त्रिभुवन आर्मी क्लबले कैलालीको धनगढीमा भएको ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को उपाधि जितेको छ। शनिबार बिहान भएको फाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।

फाइनलमा आर्मीले पुलिसलाई ३-१ को सेटले पराजित गरेको हो। उपाधि जितेसंगै आर्मीले नगद चार लाख पाएको छ भने पुलिसले दुई लाख पाएको छ। यस्तै आज भएको खेलमा एपीएफलाई पराजित गर्दै गण्डकी प्रदेश तेस्रो भएको छ। तेस्रो हुने गण्डकीले एक लाख र चौथो स्थान प्राप्त गर्ने एपीएफले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गरेको छ।