संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको विकास गर्नु हाम्रो प्रमुख जिम्मेवारी होः मन्त्री जोशी
 
aa

सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले संविधानको पूर्ण कार्यान्वयन गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत विकास गर्नु हाम्रो प्रमुख जिम्मेवारी भएको बताएकी छन् । राष्ट्रिय प्रजातन्त्र दिवस २०७८ का अवसरमा शुभकामना दिँदै मन्त्री जोशीले यस्तो बताएकी हुन् ।

२००७ सालदेखि हालसम्म प्राप्त उपलब्धिको रक्षा गरी यो व्यवस्था कार्यान्वयनमा देखिएका जटिलता असजिला पक्षहरुको समीक्षा गर्दै राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एवं ष्ट्रिय स्वाधीनताका सवालमा अविभाज्य एकताको सुत्रमा बाँधिएर नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त लोकतन्त्रको रक्षा विकास र सम्बर्द्धन गर्न आजको दिवसले हामी सबैलाई थप जवाफदेही बनाओस् प्रेरणा देवस्, उनले भनिन् ।

पटक पटकका राजनीतिक उपलब्धि र ती उपलब्धिहरुलाई संस्थागत गर्ने सवालमा हुने गरेका त्रुटि र कमजोरीहरुका कारण मुलुक लामो समयसम्म संक्रमणमा रह्यो संविधानसभा मार्फत निर्मित नेपालको संविधान २०७२ ले मुलभूतरुपमा परिवर्तनका सबै खालका अपेक्षा पूरागर्ने संवैधानिक व्यवस्था गरेको छ मन्त्री जोशीले भनिन् संविधानको पूर्ण कार्यान्वयन गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत विकास गर्नु हाम्रो प्रमुख जिम्मेवारी हो ।