 
नेपाली कांग्रेस दार्चुलाले पार्टी कार्यकर्तासमेत रहेका एक जना अधिवक्ता धीरेन्द्र साउदलाई न्यायाधीश बनाउनका लागि पहल कदमी लिने विवादास्पद निर्णय गरेको छ। पार्टी कार्यालयको छाप र जिल्ला सभापति ललितसिंह बोहोराको हस्ताक्षरसहितको यो पत्र मन्त्री बडुलाई समेत बुझाइएको छ।
 
 कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुको गृहजिल्लाकै पार्टी कमिटीले न्यायालयमाथि हस्तक्षेप गर्ने निर्णय लिएको हो। पार्टीको जिल्ला समिति बैठकले गरेको निर्णयको बुँदा नम्बर ९ मा भनिएको छ, ”अधिवक्ता श्री धीरेन्द्र साउदलाई दार्चुलाबाट न्यायाधीशका लागि नेपाल सरकारलाई पार्टीका तर्फबाट आवश्यक पहल कदमी गर्ने।”
सत्तारुढ दल कांग्रेसको उक्त निर्णय विधि, राजनीतिक प्रणाली र लोकतन्त्रविपरीत भएको आवाज कांग्रेसभित्रबाटै उठेको छ । विपक्षी एमालेले त स्वतन्त्र न्यापालिकामाथि हस्तक्षेप भन्दै यसप्रति आपत्ति जनाएको छ।
 
 
 
 
     
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
